PahiloPost

Jan 21, 2025 | ८ माघ २०८१

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना



पहिलोपोस्ट

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
फाइल फोटो।

काठमाडौं : हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। सो मौसमी प्रणालीका कारण हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ।

महाशाखाका अनुसार शनिवार दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक/हल्का वर्षाको सम्भावना रहनुका साथै कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

शनिवार राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell