PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्दै, उपराष्ट्रपतिका उम्मेदवारको टुंगो लगाइने



पहिलोपोस्ट

बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्दै, उपराष्ट्रपतिका उम्मेदवारको टुंगो लगाइने
फाइल फोटो।

काठमाडौं : उपराष्ट्रपतिका उम्मेदवारबारे छलफल गर्न केही बेरमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्दैछ। उपराष्ट्रपतिका उम्मेदवारहरुको मनोनयन दर्ताअघि बिहान ८:३० बजे बालुवाटारमा सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो।

आगामी चैत ३ गते हुने उपराष्ट्रपतिको निर्वाचनका लागि शनिवार नै उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको छ। यद्यपि, सत्ता साझेदार दलले भने उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्।

मनोनयनपत्र दर्ताको समय बिहान ९ देखि दिउँसो २ बजेसम्म तोकिएको छ। नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मनोनयनपत्र दर्ताको कार्यक्रम सञ्चालन हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell