PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता



रासस

उपराष्ट्रपतिमा एमालेबाट अष्टलक्ष्मी शाक्यको उम्मेदवारी दर्ता

काठमाडौं : नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन्। नयाँ वानेश्वरस्थित संसद्भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा शाक्यले उपराष्ट्रपति पदमा शनिवार उम्मेदवारी दर्ता गराएकी हुन्।

शाक्यका प्रस्तावकमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, नेताहरु छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट छन्। उनको उम्मेदवारीको समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवाती न्यौपाने र यशोदा रिजाल रहेका छन्।

उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ। उपराष्ट्रपति निर्वाचनका लागि शनिवार बिहान ९ देखि दिउँसो २ बजेसम्मका लागि समय निर्धारण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell