PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

सत्ता गठबन्धनका उम्मेदवार रामसहायको उम्मेदवारी खारेज गर्न एमालेको उजुरी : उपराष्ट्रपति महिला हुनुपर्ने दाबी



पहिलोपोस्ट

सत्ता गठबन्धनका उम्मेदवार रामसहायको उम्मेदवारी खारेज गर्न एमालेको उजुरी : उपराष्ट्रपति महिला हुनुपर्ने दाबी

काठमाडौं : उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवविरुद्ध नेकपा एमालेले उजुरी दर्ता गरेको छ। सत्ता गठबन्धनका तर्फबाट यादव उपराष्ट्रपतिको उम्मेदवार बनेका हुन्। एमालेले राष्ट्रपतिमा रामचन्द्र पौडेल पुरुष र खस आर्य समूदायबाट भएकाले अब महिला उपराष्ट्रपति हुनुपर्ने भन्दै उजुरी हालेको हो।

'नयाँ संविधानको व्यवस्था तथा आयोगको निर्णयविपरित तथा विगतको दुवै निर्वाचनमा स्थापित अभ्यास र संविधानको व्यवस्थालाई बेवास्ता गरी रामसहाय यादवको उम्मेदवारी परेकाले..,' एमालेको उजुरीमा उल्लेख छ। उपराष्ट्रपतिका लागि ४ जनाको उम्मेदवारी परेकोमा यादवमात्रै पुरुष उम्मेदवार बनेका हुन्।

एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जसपाबाटै प्रमिला यादव र जनमतबाट ममता झाले उम्मेदवारी परेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell