PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

स्ववियु निर्वाचनः सत्ता गठबन्धनका तीन विद्यार्थी संगठनको तालमेल, उपत्यकामा एमाले अखिल एक्लै मैदानमा



पहिलोपोस्ट

स्ववियु निर्वाचनः सत्ता गठबन्धनका तीन विद्यार्थी संगठनको तालमेल, उपत्यकामा एमाले अखिल एक्लै मैदानमा

काठमाडौंः त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसहरुमा चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि तीन गठबन्धनमा आवद्ध प्रमुख राजनीतिक दलका विद्यार्थी संगठनबीच तालमेलको सहमति भएको छ। शनिबारको मनोनयनअघि विद्यार्थी संगठनबीच सहमति भएको हो। 

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठनबीच सहमति भएको हो। उपत्यकाका प्रमुख क्याम्पसको नेतृत्वका लागि तीन संगठनबीच सहमति भएको हो। 

सहमितमा नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, अखिल क्रान्तिककारी अध्यक्ष पञ्चा सिंह र अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले हस्ताक्षर गरेका छन्। 

सहमति अनुसार नेविसंघले १५, अखिल क्रान्तिकारीले १० र अनेरास्ववियूले ३ क्याम्पस सभापतिको तालमेलमा उम्मेदवारी दिनेछन्। 

सहमति अनुसार नेविसंघले त्रिचन्द्र, शंकरदेव, पद्मकन्या क्याम्पस बागबजार, नेपाल कमर्श क्याम्पस मीनभवन, पशुपति बहुमुखी क्याम्पस चाबहिल, पाटन संयुक्त क्याम्पस पाटनढोका, आाइओएम महाराजगञ्ज, आयुर्वेद क्याक्पस, जनप्रशासन क्याम्पस, सरस्वती क्याम्पस, ग्रामीण आदर्श, कोटेश्वर बहुमुखी, भक्तपुर बहुमुखी, कान्तिपुर इन्जिनियरिङ पाएको छ।  

क्रान्तिकारीले थापाथली क्याम्पस, सानोठिमी क्याम्पस, पुल्चोक क्याम्पस, नेपाल ल क्याम्पस, पब्लिक युथ, विश्वभाषाको नेतृत्वमा उम्मेदवारी दिनेछ। 

अनेरास्ववियूले रत्नराज्यलक्ष्मी (आरआर), महेन्द्र रत्न क्याम्पस र बानेश्वर क्याम्पसको सभापतिमा उम्मेदवारी दिनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell