PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

आरआरमा खुकुरी प्रहार गर्ने चन्द प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

आरआरमा खुकुरी प्रहार गर्ने चन्द प्रहरी नियन्त्रणमा

काठमाडौंः प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसमा हतियारसहित एक जना पक्राउ परेका छन्। स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको विवादमा खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले आज दिउँसो नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका मनोज चन्दलाई पक्राउ गरेको हो।

बैतडी मेलौली नगरपालिका ३ का चन्दलाई प्रहरीले खुकुरीसहित नियन्त्रणमा लिएको हो। चन्दमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell