काठमाडौंः नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पार्टीका पुराना नेता आमोदप्रसाद उपाध्यायलाई भेटेर स्वास्थ्य लाभको कामना गरेका छन्।
पूर्वमन्त्री उपाध्यायको निवास धुम्बाराही पुगेर नेता निधिले स्वास्थ्य अबस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गरेका हुन्।
८८ वर्षीय उपाध्याय लामो समयदेखि बिरामी छन्।