PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

सलाह पेनाल्टीमा चुक्दा लिभरपुल बर्नेमाउथसँग पराजित, टोटेनहमको जितमा केनको दोहोरो गोल



पहिलोपोस्ट

सलाह पेनाल्टीमा चुक्दा लिभरपुल बर्नेमाउथसँग पराजित, टोटेनहमको जितमा केनको दोहोरो गोल
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा लिभरपुल बर्नेमाउथसँग पराजित भएको छ। भाइटालिटी स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली बर्नेमाउथले लिभरपुललाई १-० गझलअन्तरले हराएको हो।

घरेलु टोलीलाई जित दिलाउन फिलिप बिलिङ्सले खेलको २८ औं मिनेटमा निर्णायक गोल गरे। खेलमा अधिकांश समय पकड बनाएको लिभरपुलले अवसरहरु बनाएर पनि सदुपयोग गर्न नसक्दा गोल फर्काउन सकेन। खेलको ६९ औं मिनेटमा पेनाल्टीको अवसर लिभरपुलले पाए पनि मोहम्मद सलाहले गोल गर्न सकेनन्।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा टोटेनहम हट्सपरले नटिङ्घम फरेस्टमाथि ३-१ गोलको जित निकाल्यो। टोटेनहमलाई घरेलु मैदानमा जित दिलाउन ह्यारी केनले दुई र सन ह्युङ मिनले एक गोल गरे। फरेस्टका जोए वोरलले एक गोल फर्काए।

खेलको १९ औँ मिनेटमा पेड्रो पोर्रोको गोलमा ह्यारी केनले अग्रता बनाएका थिए। त्यसअघि पनि गोलको अवसर बनाए पनि भीएआरमार्फत चौथो मिनेटमा रेफ्रीले गोल दिएनन्। टोटेनहमका लागि दोस्रो गोल ३५ औँ मिनेटमा केनले पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गरे।

पहिलो हाफमा दुई गोलले अघि रहेको घरेलु टोलीका लागि तेस्रो गोल ६२ औँ मिनेटमा सन ह्युङ मिनले रिचार्लिसनको पासमा गरे। अर्कोतर्फ फरेस्टका वोर्रलले ८१ औँ मिनेटमा सान्त्वना गोल फर्काएका थिए। इन्ज्युरी समयमा पेनाल्टीको अवसर पाए पनि फरेस्टका आन्द्रे अयेउ चुकेका थिए।

जितसँगै २७ खेलबाट ४८ अंक जोडेको टोटेनहम अंकतालिकाको चौथो स्थानमा छ। पाँचौँ स्थानमा रहेको लिभरपुलले २६ खेलबाट ४२ अंक जोडेको छ। लिभरपुललाई हराएको बर्नेमाउथ २४ अंक जोडेर रेलिगेशन क्षेत्रबाट माथि उठेको छ। २६ खेलबाट २६ अंक जोडेको नटिङ्घम फरेस्ट भने तालिकाको १४ औँ स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell