PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

खोलामा अवैध उत्खनन हुँदा किसान चिन्तित



पहिलोपोस्ट

खोलामा अवैध उत्खनन हुँदा किसान चिन्तित
FILE PHOTO

काठमाडौं : खोलामा अवैध उत्खनन हुँदा दाङको शान्तिनगर गाउँपालिका-२ र ५ का किसान चिन्तित बनेका छन्।

स्थानीय बहुला खोलामा अवैध उत्खनन गरी गहिरा खाडल पारिएको छ। यसले गर्दा कुलोमा पानी जाने अवस्था नरहेको किसान दलबहादुर विष्टले गुनासो गरे।

'खोलाको वरिपरि खेत छ, ठूला–ठूला खाडल पारिएको छ', उनले भने, 'तर यो विषयमा खेतालालाई कहिल्यै सोधिँदैन, पानीमाथि उत्रिनै कुरै भएन।'

गत वर्ष पनि पानी खेतसम्म नपुग्दा रोपाइँ गर्न नपाएको यस वर्ष पनि रोपाइँ गर्न सक्ने छाँटकाँट नरहेको उनको भनाइ छ।

खोलामा अहिले पनि ठूला–ठूला खाडल पारेर उत्खनन गरिएको छ।

त्यस्तै शान्तिनगर–२ का कुल्लुबहादुर चौधरीले पनि यस्तै समस्या भोगेका छन्। खेतमा पानी नजाँदा उनको खेत पनि बाँझै रहने गरेको छ। त्यस क्षेत्रमा करिब एक सय बिघा खेत छ। वर्षात्मा आकाशे पानीको भरमा रोपाइँ हुने गर्छ भने हिउँदमा जग्गा बाँझै राख्नुपर्ने अवस्था छ।

त्यो खोलामा व्यवस्थित अनुगमन नुहँदा मापदण्डभन्दा बढी उत्खनन हुने गरेको छ। जसले गर्दा किसान मारमा पर्ने गरेका छन्।

खोलामा हुने उत्खनन कार्यको जिल्ला समन्वय समितिले अनुगमन गर्ने गरेको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell