इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा उपाधिको होडमा रहेको म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि कठिन जित निकालेको छ। सेलहर्स्ट पार्क स्टेडियममा सम्पन्न खेलमा सिटीले प्यालेसमाथि १-० गोलको कठिन जित निकालेको हो।
घरेलु टोलीमाथि सिटीलाई जित दिलाउन अर्लिङ हल्याण्डले निर्णायक गोल गरे। उनले खेलको ७८ औँ मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए।
त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा चेल्सीले लेस्टरसिटीलाई हराएको छ। किंग पावर स्टेडियममा सम्पन्न खेलमा चेल्सीले ३-१ गोलअन्तरको जित निकालेको हो।
खेलको ११ औँ मिनेटमा बेन चिलवेलले चेल्सीलाई अग्रता दिलाएका थिए। तर, ३९ औँ मिनेटमा पास्टन डकाको गोलमा घरेलु टोलीलाई बराबरीमा ल्याए। तर, पहिलो हाफको इन्ज्युरी समयमा काइ हार्भटेजले गोल फर्काउँदै फेरि खेलमा अग्रता दिलाए।
दोस्रो हाफमा चेल्सीको लागि माटेओ कोभासिचले ७८ औँ मिनेटमा गोल थपे। अर्कोतर्फ घरेलु टोली ८७ औँ मिनेटमा १० खेलाडीमा समेटियो। वोउट फइसले ८७ औँ मिनेटमा रेडकार्ड ब्यहोरेका थिए। र, चेल्सीले ३-१ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्यो।
जितसँगै चेल्सी २६ खेलबाट ३७ अंक जोडेर तालिकाको दशौँ स्थानमा छ। लेस्टरसिटी २४ अंक जोडेर १६ औँ स्थानमा छ। त्यस्तै कठिन जित निकालेको म्यानचेस्टर सिटी २७ खेलबाट ६१ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। शीर्षस्थानमा २६ खेलबाट ६३ अंक जोडेको आर्सनल छ।