PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

इरानमा सयौं छात्रालाई विष खुवाएको घटना : १०० भन्दा बढी व्यक्ति पक्राउ



पहिलोपोस्ट

इरानमा सयौं छात्रालाई विष खुवाएको घटना : १०० भन्दा बढी व्यक्ति पक्राउ
Photo : Reuters

इरानमा सयौं विद्यालयका छात्रालाई विष खुवाएको अभियोगमा १०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरिएको छ।

इरानको सरकारी संचारमाध्यम आइआरएनएका अनुसार सो घटनामा संलग्न भएको आशंकामा अनुसाधान गरि ती व्यक्तिहरुलाई पक्राउ गरिएको हो। इरानको गृह मन्त्रालयले कक्षा बन्द गराउन र आतंक सिर्जना गरि मनोवैज्ञानिक प्रभाव पार्ने उद्देश्यले सो घटना घटाइएको प्रारम्भिक अनुसन्धानमा फेला परेको जनाएको छ।

गएको केही महिनामा इरानका धेरै शहरहरुमा छात्राहरुलाई विषय खुवाएको घटना सार्वजनिक भएका थिए। इरानी राजनीतिज्ञहरुले इस्लामिक समूह यो घटनाको जिम्मेवार रहेको बताइरहँदा केहीले भने यसको पछि गत सेप्टेम्बरमा सुरु भएको 'हिजाब क्रान्ति' पनि कारण हुन सक्ने अनुमान गरिएको छ। महसा अमीको मृत्यु पछि भएको हिजाब क्रान्तिमा हजारौं छात्राहरु सहभागी भएका थिए।

इरानका सर्वोच्च नेता अली खामेनीले विष खुवाएको घटना माफी दिन अयोग्न अपराध भएको बताएका छन्। उनले दोषीलाई कडा कारवाही गर्ने बताएका छन्। तर, शिक्षक र छात्राका परिवारले भने सरकार मौन बसेको आरोप लगाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell