PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज



पहिलोपोस्ट

उपराष्ट्रपति उम्मेदवारको अन्तिम नामावली प्रकाशन आज

काठमाडौं : चैत ३ गते हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएका उम्मेदवारहरूको अन्तिम नामावली आज प्रकाशन हुँदैछ।

शनिबार भएको उम्मेदवारको मनोनयनपत्र दर्तामा चार जनाले उम्मेदवारी दर्ता गाएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले आज १२ बजे मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, १२ बजेदेखि १ बजेसम्म नामावली प्रकाशन गर्ने जनाएको छ। साथै दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र ४ देखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम छ।

उपराष्ट्रपतिमा मनोनयनपत्र दर्ता गर्दा नवनिर्वाचित राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरि दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले निर्देशन दिएको थियो।

उपराष्ट्रपतिमा नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, जनता समाजवादी पार्टीबाट रामसहायप्रसाद यादव र प्रमिलाकुमारी यादव तथा जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दिएका छन्। जसपाका रामसहायविरुद्ध दुईवटा उजुरी परेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell