PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

आरिफसँगको साझेदारीमा फितलो सुरुवात गरेको नेपालको स्कोर उकास्दै रोहित, बनाए अर्धशतक



पहिलोपोस्ट

आरिफसँगको साझेदारीमा फितलो सुरुवात गरेको नेपालको स्कोर उकास्दै रोहित, बनाए अर्धशतक
फाइल फोटो क्यान

काठमाडौँ: नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले यूएईविरुद्ध अर्धशतक बनाएका छन्। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा रोहितले ८३ बलमा ७ चौकाको सहायतामा अर्धशतक बनाएका हुन्।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले फितलो ब्याटिङ गर्दै खेलको सुरुवात गरेको थियो। अघिल्लो खेलमा शतक प्रहार गरेका आशिफ शेखलाई शुन्य रनमै गुमाएको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई पनि ८ रनमा गुमायो।

त्यस्तै कुशल मल्ल ९ रनमा आउटहुँदा आएका भीम सार्कीले रोहितकुमार पौडेलसँग ५६ रनको साझेदारी गर्दै नेपालको रनस्कोर उकासे। तर, ब्याटूब्याट बाउन्ड्री प्रहार गर्ने होडमा २१.५ ओभरमा रोहन मुस्तफाको बलमा मेइयप्पनबाट क्याचआउट भए। उनले ३७ बलबाट २९ रन बनाए।

त्यसपछि आएका आरिफ शेखसँग साझेदारी गर्दै रोहित पौडेलले नेपालको पारि उकासिरहेका छन्। ३०.३ ओभर चलिरहँदा रोहितले ८५ बलबाट ५५ रन बनाएका छन् भने आरिफले २७ बलबाट २१ रन बनाएका छन्।

पौडेलले नेपाली टोलीका एकदिवसीय अन्तर्राष्ट्रियमा यो ८ औँ अर्धशतक प्रहार गरेका हुन्। उनले एक शतक पनि प्रहार गरिसकेका छन्। उनी पछि आशिफ शेख र ज्ञानेन्द्र मल्लले समान ७ अर्धशतक प्रहार गरेका छन्।

नेपाली टोलीमा नियमित स्थान बनाउँदै आएका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र करण केसी आज बेन्चमा छन्। उनीहरुको स्थानमा ललित राजवंशी र गुलसन झा ले टोलीमा स्थान बनाएका छन्।

नेपालको प्लेइङ ११

रोहित कुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, आरिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, भीम सार्की, गुलसन झा, सोमपाल कामी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell