PahiloPost

Jun 21, 2026 | ७ असार २०८३

सुन तोलामा १ हजार ७०० रुपैयाँले वृद्धि



पहिलोपोस्ट

सुन तोलामा १ हजार ७०० रुपैयाँले वृद्धि

काठमाडौं : साताको पहिलो दिन सुनचाँदी दुवैको मूल्य बढेको छ। सुन तोलामा १ हजार ७ सय र चाँदी २५ रुपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमै सुनचाँदीको मूल्यमा बढोत्तरी हुँदा सोझो असर परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघका अनुसार आइतबारका लागि सुनको कारोबार मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ कायम भएको छ।

गत साता मूल्य क्रमिक घट्दै सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा आइपुगेको थियो। चालु महिनाको सुरुवातमा प्रतितोला १ लाख ४ हजार थियो। अन्तिममा फेरि मूल्य त्यसको नजिक पुगेको छ।

अघिल्लो दिनका तुलनामा ८ सय बढ्दा गत शुक्रबार सुन प्रतितोला १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य आइतबार प्रतितोला १२ सय ४५ रुपैयाँ भएको छ। गत बिहीबार र शुक्रबार तोलाको १२ सय २० रुपैयाँमा स्थिर रहेर कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घट्ने क्रममा ब्रेक लागेको देखिएको छ। गत शुक्रबार प्रतिऔंस १८३०.३३ डलरले कारोबार भएको सुन आइतबार प्रतिऔंस १८६७.३ डलर पुगेको छ। चाँदी पनि प्रतिऔंस २० डलरबाट बढेर २०.५३ डलरमा कारोबार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell