PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

कमजोर सुरुवात, उत्कृष्ट फिनिसिङ : यूएईलाई नेपालले दियो २४९ रनको लक्ष्य



पहिलोपोस्ट

कमजोर सुरुवात, उत्कृष्ट फिनिसिङ : यूएईलाई नेपालले दियो २४९ रनको लक्ष्य

काठमाडौं : नेपाली क्रिकेट टोलीले संयुक्त अरब इमिरेट्स (यूएई) लाई २४९ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २४८ रन बनाएको हो।

टस जितेर ब्याटिङमा उत्रिएको नेपालले फितलो ब्याटिङ गर्दै खेलको सुरुवात गरेको थियो। अघिल्लो खेलमा शतक प्रहार गरेका आशिफ शेखलाई शून्य रनमै गुमाएको नेपालले अर्का ओपनर कुशल भुर्तेललाई पनि ८ रनमा गुमाउन पुगेको थियो।

त्यस्तै कुशल मल्ल ९ रनमा आउट हुँदा ७.१ ओभरमा नेपालको स्कोरबोर्डमा २२-३ को अवस्था थियो। त्यसपछि आएका भीम सार्कीले रोहितकुमार पौडेलसँग ५६ रनको साझेदारी गर्दै नेपालको रन स्कोर उकासे। तर, ब्याटूब्याट बाउन्ड्री प्रहार गर्ने होडमा २१.५ ओभरमा रोहन मुस्तफाको बलमा मेइयप्पनबाट क्याचआउट भए। उनले ३७ बलबाट २९ रन बनाए।

त्यसपछि आएका आरिफ शेख र कप्तान रोहित पौडेलले ८६ रनको साझेदारी गर्दै नेपालको पारि उकासे। शेख ५२ बलमा ४३ रन बनाएर आउट भए।

कप्तान रोहित पौडेलले भने कप्तानी पारि खेल्दै ११२ बलमा ७७ रन बनाए। पौडेलले नेपाली टोलीका एकदिवसीय अन्तर्राष्ट्रियमा यो ८ औँ अर्धशतक प्रहार गरेका हुन्। उनले एक शतक पनि प्रहार गरिसकेका छन्। उनी पछि आशिफ शेख र ज्ञानेन्द्र मल्लले समान ७ अर्धशतक प्रहार गरेका छन्।

आजको खेलबाट टोलीमा पुनरागमन गरेका गुलसन झाले आक्रमक ब्याटिङ गरे। उनले ३० बलमा ३ छक्का र १ चौकाको सहायतामा ३७ रन बनाए। त्यस्तै दीपेन्द्रसिंह ऐरीले १९ बलमा २ छक्का र ३ चौकाको सहायतामा ३४ रन बनाउँदा नेपालको स्कोर माथि उठ्न मद्दत मिलेको थियो। उनी पछिका सन्दीप लामिछाने र सोमपाल कामीले समान दुई रन बनाए।

बलिङतर्फ यूएईका आयन अफ्जल खान र रोहन मुस्तफा र जवार फरिदले समान २ विकेट लिँदा आर्यन लार्क्रा, जुनैद सिद्धिकी, जहूर खानले समान १ विकेट लिए।

यूएई केहीबेरमा जवाफी ब्याटिङमा उत्रिँदैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell