PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

माओवादी घटकको आरोप : शान्ति प्रक्रिया टुंगो लगाउन एमाले बाधक, प्रधानमन्त्री प्रचण्डमाथि 'ह्यारेसमेन्ट' भयो



पहिलोपोस्ट

माओवादी घटकको आरोप : शान्ति प्रक्रिया टुंगो लगाउन एमाले बाधक, प्रधानमन्त्री प्रचण्डमाथि 'ह्यारेसमेन्ट' भयो

काठमाडौं : माओवादी धारका पार्टीहरुले नेकपा एमालेका कारणले शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन नसकेको आरोप लगाएका छन्।

माओवादीधारका पार्टीहरुले आज आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेकपा एमालेका कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउने काम रोकिएको आरोप लगाएका हुन्।

शान्तिप्रक्रिया टंगोमा पुर्‍याउन भन्दै सरकारले बेपत्ता पारिएका व्यक्तिको खोजबिन, सत्य निरुपण तथा मेलमिलाप ऐन संशोधन विधेयक बिहीबार प्रतिनिधि सभा सचिवालयमा दर्ता गरिसकेको छ। तर, एमालेले सो विधेयकलाई अघि बढाउन रोक्दै शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन बाधक बनेको उनले बताए।

यस्तै, सोही कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि 'ह्यरेसमेन्ट' भएको बताए। शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन लागेका प्रधामन्त्रीमाथि मुद्दा चलाएर प्रधानमन्त्रीमाथि नै 'ह्यारेसमेन्ट' भएको उनले बताए।

आयोगको माध्मबाट जनयुद्धकालीन घटनाको समाधान हुनुपर्ने भन्दै उनले अदालतले त्यसलाई हस्तक्षेप गर्न नहुने बताए।

तीन वर्षअघि माघीका अवसरमा टुडिखेलमा आयोजित कार्यक्रममा प्रचण्डले द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये ५ हजारको जिम्मा दिए लिने अभिव्यक्ति दिएका थिए। सोही विषयमा बहालवाला प्रधानमन्त्रीविरुद्ध मुद्दा चलाउन केहीदिन अघि सर्वोच्चले आदेश दिएको थियो। र, प्रधानमन्त्रीविरुद्ध नै रिट दर्तासमेत भइसकेको छ। यही सन्दर्भमा पछिल्लोसमय माओवादीधारका पार्टीहरुबिच छलफल बढेको छ। त्यसैले आज आज संयुक्त पत्रकार सम्मेलन गरेर माओवादी धारका पार्टीहरुले साझा धारणा व्यक्ति गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell