PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

प्रधानमन्त्री र उनको टिमले अर्थतन्त्रको बारे विवेचना गर्नुपर्छ : गगन थापा



पहिलोपोस्ट

प्रधानमन्त्री र उनको टिमले अर्थतन्त्रको बारे विवेचना गर्नुपर्छ : गगन थापा

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अभावको अनुभूति गर्दै काम अघि बढाउनुपर्ने बताएका छन्।

राजधानीमा आयोजित 'वर्तमान  सरकारको अबको आर्थिक  प्राथमिकताबारे' छलफल कार्यक्रममा उनले अहिलेको समयमा प्रधानमन्त्रीले समय, स्रोत र जनताको धैर्यता बुझ्नुपर्ने बताए।

सो कार्यक्रममा आगामी अर्थमन्त्रीका रुपमा चित्रण भइरहेका बेला थापाले अर्थतन्त्रका बारेमा  खुलेर कुरा गरेका हुन्। पुरानो गठबन्धन ब्युँतेर सरकार गठन हुने चरणमा रहेका बेला गगनले केही दिनयता अर्थतन्त्रका बारेमा चर्चा गरिरहेका छन्।

उनले गुटका नेता शेखर कोइरालाले व्यवसायीसँग गरेको छलफल कार्यक्रमदेखि अर्थशास्त्रीहरुको सम्मेलनसम्म पछिल्ला केही दिनयता अर्थतन्त्रका बारेमा विमर्श गरेका छन्।

आजको छलफलमा थापाले प्रधानमन्त्रीलाई देशको आर्थिक अवस्थाबारे गहिरो डर हुनुपर्ने बताए। जनतालाई देश श्रीलंका हुन्छ भन्दै डराउने कामभन्दा पनि प्रधानमन्त्री र उनको टिम हरेक क्षण आफू डराएर अर्थतन्त्रको बारेमा विवेचना गर्नुपर्ने बताए। 

अबको पाँच वर्षमा जनताको अपेक्षाअनुसारको काम गर्न नसके दण्ड र सजाय भोग्न सबै सत्तारुढ दल तयार हुनुपर्ने उनको भनाइ छ।

त्यसैगरी बजेट विनियोजन र खर्चको गुणस्तरमा सरकारले ध्यान दिनुपर्ने उनको सुझाव छ। बजेट खर्च गर्दा ती कार्यक्रमबाट आउने परिणाम र त्यसको प्रभावबारे गहिरो समीक्षा हुनुपर्ने उनले बताए। उनले कार्यक्रम संशोधनले विकराल रूप लिएको पनि बताए। बजेटमा एउटा कार्यक्रमपछि आफू अनुकूल हुने संशोधन रोकिनुपर्ने मत राखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell