PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कीर्तिपुरमा जब नेपाली खेलाडीहरुले एकदिवसीय मान्यता जोगाए...

कीर्तिपुरमा जब नेपाली खेलाडीहरुले एकदिवसीय मान्यता जोगाए...

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : नेपाली क्रिकेट टोलीले यूएईलाई हराएको छ। जितसँगै नेपाल क्रिकेट विश्वकप लिग २ को तालिकाको चौथो स्थानमा उक्लिएको छ।

कीर्तिपुरमा जारी त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा यूएईलाई १७७ रनले हराएको नेपालले आफ्नो एकदिवसीय मान्यतासमेत जोगाएको छ। यसअघि ३६ खेलबाट ३५ अंक जोडेको अमेरिका तालिकाको चौथो स्थानमा थियो। यूएईलाई हराएसँगै नेपालले ३६ अंक जोडेको छ।

कीर्तिपुरमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २४८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको यूएई २२.५ ओभरमा ७१ रनमा अलआउट भएको थियो।

नेपाल भन्दा पछाडि ३६ खेल खेलेर ३५ अंक जोडेको अमेरिका पाँचौँ, ३३ खेलबाट ३१ अंक जोडेको यूएई छैटौँ र ३४ खेलबाट ११ अंक जोडेको पपुवा न्युगिनी तालिकाको पुछारमा छ।

नेपाल भन्दा अगाडि ३६ खेलबाट ३९ अंक जोडेको नामिबिया तालिकाको तेस्रो स्थानमा छ। लिग २ का शीर्ष तीन टोलीले विश्वकप छनोट सिधै खेल्न पाउनेमा स्कटल्याण्ड र ओमन शीर्ष दुईमा रहँदै विश्वकप छनोटमा स्थान पक्का गरिसकेका छन्।

तेस्रो स्थानका लागि प्रतिस्पर्धा नेपाल र नामिबियाबिच छ। नेपालले बाँकी दुई खेलमा जित निकाल्न सके ४० अंक जोडेर तेस्रो स्थानमा रहँदै विश्वकप छनोट खेल्न पाउनेछ भने नेपाल एउटै खेलमा पनि पराजित भए नामिबिया शीर्ष तीनमा सुरक्षित हुँदै विश्वकप छनोट खेल्न पाउनेछ।

नेपालले सोमवार पपुवा न्युगिनी र बिहीवार यूएईसँग प्रतिस्पर्धा गर्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell