PahiloPost

May 14, 2025 | १ जेठ २०८२

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले गरे पार्टीको सदस्यता त्याग



रासस

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले गरे पार्टीको सदस्यता त्याग

काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेससँगको संलग्नता त्याग गरेका छन्। पार्टीको वरिष्ठ नेता रहेका उनी यही फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका हुन्।

नेता पौडेलले आज कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै आफू राष्ट्रपतिमा निर्वाचित भएकाले पार्टीको सदस्यबाट अलग भएको जानकारी गराएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। नेपालको संविधानमा निर्वाचन, मनोनयन वा नियुक्ति हुने राजनीतिक पदमा बहाल रहेको व्यक्ति राष्ट्रपति निर्वाचित भए निजको त्यस्तो पद स्वतः रिक्त हुने उल्लेख छ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले भोलि सोमवार पद तथा गोपनियताको शपथ ग्रहण गर्ने भएका छन्। राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमवार दिउँसो १ बजे विशेष समारोह गर्ने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell