PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

एमालेको प्रमुख सचेतकमा पदम गिरी, सचेतकमा महेश बर्तौला



पहिलोपोस्ट

एमालेको प्रमुख सचेतकमा पदम गिरी, सचेतकमा महेश बर्तौला

काठमाडौंः नेकपा (एमाले) को प्रमुख सचेतकमा पदम गिरी चयन भएका छन्। निवर्तमान स्वास्थ्य मन्त्री समेत रहेका गिरीलाई संसदीय दलको विधान अनुसार अध्यक्ष केपी शर्मा ओलीले प्रमुख सचेतक चयन गरेका हुन्। 

यस्तै, अध्यक्ष ओलीले संसदीय दलका सचेतकमा महेशकुमार बर्तौलालाई चयन गरेका छन्। 

गिरी २०७४ र २०७९ मा पर्वतबाट निर्वाचित भएका हुन्। उनको लगतारा दोस्रो पटकको संसदीय यात्रा हो। तर, बर्तौला पहिलोपटक संघीय संसदको सदस्यमा निर्वाचित भएका हुन्। मकवानपुर २ बाट तत्कालीन सत्ता गठबन्धनका उम्मेदवार विरोध खतिवडालाई पराजित गर्दै बर्तौला निर्वाचित भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell