PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

आर्सनलको सहज जित, युनाइटेड बराबरीमा रोकियो



पहिलोपोस्ट

आर्सनलको सहज जित, युनाइटेड बराबरीमा रोकियो
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा आर्सनलले फुलहममाथि सहज जित निकालेको छ। क्राभेन कटेज स्टेडियममा सम्पन्न खेलमा लिग लिडर आर्सनलले घरेलु टोली फुलहममाथि ३-० गोलअन्तरको जित निकालेको हो।

खेलको २१ औँ मिनेटमा गाब्रियल मगलहएसको गोलमा आर्सनलले अग्रता बनाएको थियो। त्यस्तै २६ औँ मिनेटमा गाब्रियल मार्टिनेलीले अग्रता दोब्बर बनाए। दुबै गोल लियोनार्दो ट्रोसअर्डको पासमा सम्भव भएको थियो। तेस्रो गोल पनि ट्रसअर्डको पासमा मार्टिन ओडेगार्डले पहिलो हाफको इन्ज्युरी समयमा गरेका थिए।

दोस्रो हाफमा दुबै टिमले गोल थप्न नसक्दा खेल आर्सनलले ३-० गोलले जित्यो।

जितसँगै आर्सनलले शीर्षस्थानमा ५ अंकको अग्रता बनाउन सफल भएको छ। २७ खेलमा आर्सनलको ६६ अंक छ भने समान खेल खेलेको म्यानचेस्टर सिटीको ६१ अंक छ। ५० अंक जोडेको म्यानचेस्टर युनाइटेड तेस्रो र ४८ अंक जोडेको टोटेनहम चौथो स्थानमा छन्।

गएराति नै सम्पन्न अन्य खेलहरु म्यानचेस्टर युनाइटेड साउथ ह्याम्टनसँग गोलरहित बराबरीमा रोकिँदा वेस्टहम र एस्टोन भिल्लाले १-१ गोलको बराबरी खेले। त्यस्तै न्युक्यासलले २-१ गोलअन्तरले जित निकाल्न सफल भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell