काठमाडौँ: नेपाली क्रिकेट टोलीले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस जितेर फिल्डिङमा उत्रिने भएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहित कुमार पौडेलले टस जितेर फिल्डिङको निर्णय लिएका हुन्।
नेपाली टोलीमा आइतवारको खेलमा भन्दा एक परिवर्तन छ। यूएईविरुद्ध बेन्चमा रहेका करण केसी प्लेइङ ११ मा फर्कँदा गुलसन झा बेन्चमा छन्। त्यस्तै पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि बेन्चमै छन्।
नेपाललाई क्रिकेट विश्वकप लिग २ को शीर्ष तीनमा रहँदै विश्वकप छनोटमा स्थान बनाउन आजको खेल जित्नैपर्ने दवाब छ। पछिल्ला पाँच खेलमा पीएनजीविरुद्ध नेपाल हावि छ। पछिल्ला पाँच खेलमा पछिल्ला तीन खेलमा नेपालले जित निकालेको छ भने त्यसअघिका दुई खेलमा पीएनजीले जित निकालेको थियो।
लिग २ को अंकतालिकामा नेपाल ३४ खेलबाट ३६ अंक जोड्दै चौथो स्थानमा रहँदा पीएनजी ११ अंक जोडेर पुछारमा छ।
नेपालको प्लेइङ ११
रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, आशिफ शेख, सोमपाल कामी, ललित राजवंशी, सन्दीप लामिछाने, करण केसी, भीम सार्की, आरिफ शेख, कुशल मल्ल