PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

ओस्कर्स : ‘कमब्याक किड’ ब्रेन्डन फ्रेजरले जिते ‘बेस्ट एक्टर’, मिशेल योह ‘बेस्ट एक्ट्रेस’ जित्ने पहिलो एशियाली नायिका



पहिलोपोस्ट

ओस्कर्स : ‘कमब्याक किड’ ब्रेन्डन फ्रेजरले जिते ‘बेस्ट एक्टर’, मिशेल योह ‘बेस्ट एक्ट्रेस’ जित्ने पहिलो एशियाली नायिका

एकेडेमी अवार्ड्स (ओस्कर्स)को स्टेज फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’को लागि निकै फलदायी बन्यो। फिल्मले सबैभन्दा धेरै अवार्डहरु हात पार्न सफल भयो

मल्टिभर्स फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स’ले सात ओस्कर जितेको छ। ति अवार्डहरु ओस्कर्सका सबैभन्दा ठूलो अवार्डहरू पनि थिए।

के ह्यु क्वान र जेमी ली कर्टिसले आफ्नो सहायक भूमिकाको लागि पहिलो ओस्कर अवार्ड जितेका थिए। फिल्मले उत्कृष्ट सम्पादन, उत्कृष्ट पटकथा, उत्कृष्ट निर्देशक, उत्कृष्ट चलचित्रको अवार्ड जित्नुका साथै ऐतिहासिक रुपमा उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि नायिका मिशेल योहले जितिन्। बेस्ट एक्ट्रेसको अवार्ड जित्ने मिशेल पहिलो एशियाली नायिका हुन्।

त्यस्तै, उत्कृष्ट अभिनेताको अवार्ड भने फिल्म ‘द ह्वेल’को लागि ब्रेन्डन फ्रेजरले जितेका छन्। १२ वर्षपछि ‘द ह्वेल’मा फ्रेजर मुख्य भूमिकामा देखिएका थिए। उनले एक्लो र रोगी इङ्लिस प्रोफेसरको भूमिका निभाएका छन् जो आफ्नी टाढिएकी छोरीसँग पुन: जोडिन चाहन्छन्।

यी हुन् ओस्कर्सका विजेताहरु :

बेस्ट फिक्चर 
एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स

बेस्ट एक्ट्रेस
मिशेल योह - एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स

बेस्ट एक्टर
ब्रेन्डन फ्रेजर - द ह्वेल

बेस्ट डिरेक्टिङ
ड्यानियल क्वान र ड्यानियल साइनर्ट - एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स

फिल्म एडिटिङ
पल रोजर्स - एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स

बेस्ट सङ
नाटु नाटु - आरआरआर

बेस्ट एनिमेटेड फिचर
गिलेर्मो डेल टोरोज पिनोचियो - गिलेर्मो डेल टोरो, मार्क गुस्ताफसन, ग्यारी अनगर र एलेक्स बल्कली

बेस्ट एक्टर इन अ सपोर्टिङ रोल
के ह्यु क्वान - एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स

बेस्ट एक्ट्रेस इन अ सपोर्टिङ रोल
जेमी ली कर्टिस - एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स

बेस्ट डकुमेन्ट्री फिचर
नभाल्नी

बेस्ट लाइभ एक्सन सर्ट
एन आइरिस गुडबाई

बेस्ट सिनेमाटोग्राफी
अल क्वाएट अन द वेस्टर्न फ्रन्ट

बेस्ट मेकअप एन्ड हेयरस्टाइलिङ
द ह्वेल

बेस्ट कस्टुम डिजाइन
ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर

बेस्ट इन्टरनेशनल फिचर फिल्म
अल क्वाएट अन द वेस्टर्न फ्रन्ट

बेस्ट डकुमेन्ट्री सर्ट
द एलिफेन्ट ह्विस्परर्स

बेस्ट एनिमेटेड सर्ट
द ब्वाए, द मोल, द फक्स एन्ड द हर्स

बेस्ट प्रडक्सन डिजाइन
अल क्वाएट अन द वेस्टर्न फ्रन्ट

बेस्ट ओरिजिनल स्कोर
अल क्वाएट अन द वेस्टर्न फ्रन्ट

बेस्ट भिजुअल इफेक्ट
अभतार : द वे अफ वाटर

बेस्ट ओरिजिनल स्क्रिनप्ले
एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स

बेस्ट एड्याप्टेड स्क्रिनप्ले
वमेन टिकङ

बेस्ट साउन्ड
टप गन : माभरिक



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell