PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

चितवनमा रवि लामिछाने : सरकारमा जाने तयारी छैन, परिस्थितिको मूल्याङ्कन हुन्छ



पहिलोपोस्ट

चितवनमा रवि लामिछाने : सरकारमा जाने तयारी छैन, परिस्थितिको मूल्याङ्कन हुन्छ
फोटो : कृष्ण आचार्य/रासस

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने तयारीमा नरहेको बताएका छन्।आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्नेकाम भइरहेको बताए।

'सरकारमा जाने तयारी भन्ने होइन। परिस्थितिलाई मूल्याङ्कन गर्नुपर्ने हुन्छ,' उनले भने।

लामिछानेले सत्ता समीकरण परिवर्तन भए पछि सरकारमा जानु परेमा कारण स्पष्ट पारेर मात्रै सहभागी हुने बताए।

भने, 'अहिले सरकारमा जाने नजाने भन्ने विषयमा पार्टीभित्र छलफल भएको छैन।' 

रास्वपा छुट्टै परिचय बोकेर बनेको दल भएकाले पछिल्ला राजनीतिक घटनाक्रम नियाल्दै गरेको उनले बताए। आफ्नो दलको राजनीतिक अभ्यास सुरुवाती चरणमा रहेको लामिछानेले उल्लेख गरेका छन्।

सरकारलाई दिएको समर्थन फिर्ता नलिएको अवस्थामा अब के गर्ने भन्ने विषयमा पार्टीभित्र छलफल हुने उनको भनाइ छ। आगामी वैशाख १० गते हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी सुरु गरेको उनले जानकारी दिए। लामिछाने गएको प्रतिनिधिसभा निर्वाचनमा चितवन २ बाट निर्वाचित भएका थिए। तर नागरिकता विवादका कारण सर्वोच्चले उनको पद खारेज गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell