PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

सहकारीका पदाधिकारी सम्पर्कविहीन भएपछि बचतकर्ताको १२ करोड रुपैयाँ जोखिममा : उजुरीपछि तीन जना पक्राउ, पाँच जना फरार



पहिलोपोस्ट

सहकारीका पदाधिकारी सम्पर्कविहीन भएपछि बचतकर्ताको १२ करोड रुपैयाँ जोखिममा : उजुरीपछि तीन जना पक्राउ, पाँच जना फरार
प्रतिकात्मक तस्वीर

काठमाडौं : तुलसी (बहुमुखी) बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताको करौडौं रुपैयाँ ठगी गरेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय मोरङले सहकारीका केही पदाधिकारीलाई पक्राउ गरेर अनुसन्धान समेत सुरु गरिसकेको जानकारी दिएको छ।

२०५२ चैत १३ गते सहकारी विभागमा दर्ता भएको सहकारीको  झापा, उदयपुर र सिरहामा शाखा समेत रहेको खुलेको छ। सहकारीमा २१ हजार ७ सय सदस्यहरू रहेका छन्। केन्द्रीय कार्यालय विराटनगर उपमहानगरपालिका वडा नम्बर २ मा रहेको कार्यालयले फागुन १ गतेदेखि संस्था बन्द गरेर पदाधिकारी सम्पर्कविहीन भएपछि बचतकर्ता उजुरी लिएर प्रहरी कहाँ पुगेका थिए।

बचतकर्ताहरूको रकम फिर्ता नदिई फरार रहेको हुँदा बाल बचत/ज्येष्ठ नागरिक बचत/भविष्य सुनिश्चित बचत/सुपर पेन्सन बचत/अवधि बचत/कर्मचारी चल्ती बचत/विशेष बचत/साधारण बचत लगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी ब्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा परी जाहेरवालाहरूले आफ्नो तथा बालबच्चा सहित परिवारका अन्य सदस्यहरूको सुरक्षित भविष्यको आशामा बचतकर्ताहरूले ठुलो रकम बचत गरेको दाबी गरेका छन्।

फागुन २८ गते १२१ जना पीडितले १२ करोड ९ लाख ४ हजार रुपैयाँ बराबरको रकम ठगी भएको भन्दै उजुरी दिएका थिए। संस्थाका क्षेत्रीय प्रबन्धक सहित ८ जना पदाधिकारहरूका विरुद्धमा जाहेरी परेको थियो। जसमा प्रहरीले  मोरङ, उर्लाबारी नगरपालिका संस्थाको उपाध्यक्षको जिम्मेवारीमा रहेकी अनिता गौतम, झापा भद्रपुर नगरपालिका वडा नम्बर १४ घर भई जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नम्बर ३ बस्ने सहकारी संस्थाको सचिवको जिम्मेवारीमा रहेकी सविना न्यौपाने, मोरङ विराटनगर महानगरपालिका वडा नम्बर २ बस्ने तुलसी सहकारी संस्था लिमिटेडका क्षेत्रीय प्रबन्धकको रुपमा कार्यरत मन्दिप खवास गरी ३ जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिएको छ।

त्यस्तै फरार रहेका पाँच जना पदाधिकारीको खोजी भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell