PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनीयताको शपथ, सेनाले दियो २१ तोपको सलामी



पहिलोपोस्ट

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले लिए पद तथा गोपनीयताको शपथ, सेनाले दियो २१ तोपको सलामी

काठमाडौं : नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा उनले शपथ ग्रहण गरेका हुन्।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराएका हुन्। पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन्।

शपथ ग्रहणपछि पौडेललाई निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपतिको आसन हस्तान्तरण गरेकी थिइन्। ७ वर्ष राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी भण्डारी आज शीतल निवासबाट बाहिरिँदैछिन्।

राष्ट्रपतिमा शपथ लिए लगत्तै पौडेलको सम्मानमा सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell