PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

७ वर्षपछि शीतल निवासबाट बाहिरिइन् विद्यादेवी भण्डारी, प्रधानमन्त्रीले दिए मयुर भएको आँखीझ्याल उपहार



पहिलोपोस्ट

७ वर्षपछि शीतल निवासबाट बाहिरिइन् विद्यादेवी भण्डारी, प्रधानमन्त्रीले दिए मयुर भएको आँखीझ्याल उपहार

काठमाडौं : निर्वतमान राष्ट्रपति विद्यादेवी भण्डारी शीतल निवासबाट बिहिरिएकी छिन्। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा पद तथा गोपनियताको शपथ लिएपछि भण्डारी सम्मानसहित राष्ट्रपति भवनबाट बाहिरिएकी हुन्।

निवर्तमान राष्ट्रपति भण्डारी ७ वर्ष शीतल निवासमा थिइन्। उनले दुई कार्यकाल राष्ट्रपतिको भूमिका निर्वाह गरेकी थिइन्।

शीतल निवासबाट बाहिरिनु अघि राष्ट्रपति पौडेलले भण्डारीलाई विदाई गरेका थिए। यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भण्डारीलाई मयुर भएको आँखीझ्याल उपहार दिएर बदाई गरेका थिए।

भण्डारीको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell