PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्यबाट दिए राजीनामा



रासस

राष्ट्रपति पौडेलले प्रतिनिधिसभा सदस्यबाट दिए राजीनामा

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति पदमा निर्वाचित भएपछि प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्। उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए।

राष्ट्रपति पौडेलले सभामुखलाई पत्राचार गर्दै नेपालको संविधानको धारा ६२ (६) बमोजिम प्रतिनिधिसभा सदस्यको राजनैतिक पद स्वतः रिक्त हुने व्यहोरा जानकारी गराएका छन्।

साथै उनले सभामुख, सङ्घीय संसद् सचिवालय, तनहुँ निर्वाचन क्षेत्र नम्बर १ का मतदाता, जिल्लावासी तथा शुभेच्छुकहरुबाट आजसम्म प्राप्त साथ र सहयोगप्रति आभार प्रकट गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell