PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

भारतीय राष्ट्रपति मुर्मूले राष्ट्रपति पौडेललाई दिइन् बधाई



पहिलोपोस्ट

भारतीय राष्ट्रपति मुर्मूले राष्ट्रपति पौडेललाई दिइन् बधाई

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले बधाई ज्ञापन गरेकी छिन्।

आज पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपति पौडेललाई भारतीय समकक्षी मुर्मूले एक पत्र लेखी नेपालको राष्ट्रपतिमा नियुक्त भएकामा आफू र भारतीय नागरिकका तर्फबाट हार्दिक बधाई ज्ञापन गरेकी हुन्।

सो पत्रमा मुर्मूले भारत र नेपालबिच छिमेकी देशका हैसियतले निकै लामो समयदेखि सौहार्दपूर्ण सम्बन्ध रही आएको र दुई देशका नागरिकबिच जनसम्पर्क महत्वपूर्ण रहेको उल्लेख गरेकी छिन्।

सो पत्रमा भारतीय राष्ट्रपति मुर्मुले भारत र नेपालबिचको निकै पुरानो सम्बन्धमा पछिल्ला केही वर्ष यता उल्लेखनीय प्रगति हुँदै गएको र यसका माध्यमबाट दुवै देशका नागरिकले पारस्पारिक लाभ लिन सकेका उल्लेख गरेकी छिन्।

राष्ट्रपति पौडेलको कार्यकालमा उनको नेतृत्वमा भारत र नेपालबिच बहुपक्षीय र बृहत्तर सम्बन्ध थप सुदृढ बन्ने कुरामा आफू विश्वस्त रहेको पनि राष्ट्रपति मुर्मुको सो बधाई सन्देशमा उल्लेख छ। द्विपक्षीय सम्बन्ध र साझेदारीका क्षेत्रमा आगामी दिनमा नजिक रहेर काम गर्न आफू इच्छुक रहेको उनले उल्लेख गरेकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell