PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

चैत ९ गतेदेखि जितपुर सिमरा गोल्डकप



पहिलोपोस्ट

चैत ९ गतेदेखि जितपुर सिमरा गोल्डकप

वीरगंजः जितपुर सिमरा गोल्डकपको १३औं संस्करण चैत ९ गतेदेखि आयोजना हुने भएको छ। प्रतियोगितामा ५ वटा ए डिभिजन क्लब र ५ मोफसलका गरेर १० टिम सहभागी हुनेछन्।

प्रतियोगितामा साविक विजेता न्युरोड टिम (एनआरटी), एपीएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, चर्च ब्वाइज युनाइटेड, सातदोबाटो युथ क्लब, बिएफसी चितवन, मकवानपुर ११ हेटौंडा, बागमती युवा क्लब सर्लाही, वीरगंज युनाइटेड क्लब र आयोजक नव जनजागृति युवा क्लबले प्रतियोगिता खेल्नेछन्।

प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। सर्वोत्कृष्ट खेलाडीले मोटरसाइकल प्राप्त गर्नेछन्।

विधागततर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले २० हजार प्राप्त गर्नेछन्। प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार पाउनेछन्।

प्रतियोगिताको मुख्य प्रायोजक जगदम्बा स्टिल रहेको छ। मंगलबार प्रायोजनको सम्झौता भएको छ। प्रतियोगिता चैत १८ गतेसम्म चल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell