PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

जेठ १९ गतेदेखि फूलमानको 'नीरफूल'



पहिलोपोस्ट

जेठ १९ गतेदेखि फूलमानको 'नीरफूल'

काठमाडौंः फूलमान बल निर्देशित फिल्म ‘नीरफूल’को प्रदर्शन मिति तय भएको छ। कोरोना महामारीका कारण तीनबर्ष अघि रिलिज स्थगित भएको फिल्म आउँदो जेठ १९ गतेबाट रिलिज हुने छ।

फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतको अभिनय छ।

फिल्ममा म्यानमारका तत्कालीन राजदुत ऊ लिउन र अभिनेत्री रेखा थापालाई विशेष भूमिका छ।

फिल्म भूकम्पका कारण बिछोडिएको एक परिवारको पुनर्मिलनको कथामा आधारित छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell