PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

ए डिभिजन लिग: थ्री स्टारको कठिन जित



पहिलोपोस्ट

ए डिभिजन लिग: थ्री स्टारको कठिन जित
Photo: ANFA

काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिगमा सोमवार सम्पन्न दोस्रो खेलमा थ्री स्टार क्लबले कठिन जित निकालेको छ। दशरथ रंगशालामा सम्पन्न ललितपुरे डर्बी खेलमा थ्री स्टारले सातदोबाटो युथ क्लबलाई १-० गोलअन्तरले हराएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा थ्री स्टारलाई जित दिलाउन आदित्य शाक्यले निर्धारित समय सकिन एक मिनेट बाँकी छँदा गोल गरे। जारी सिजन पराजयबाट सुरुवात गरेको थ्री स्टारको यो दोस्रो जित हो। जारी सिजन ४ खेल खेलेको थ्री स्टारले आफ्नो पहिलो खेलमा एपीएफ क्लबसँग २-० गोलको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा फ्रेन्ड्स क्लबसँग ३-३ गोलको बराबरी खेलेको थियो। त्यस्तै तेस्रो खेलमा खुमलटार एफसीलाई ३-० ले हराउँदै पुनरागमन गरेको थ्री स्टारले सातदोबाटोलाई १-० ले हराउँदै लय कायम गरेको हो।

त्यस्तै सोमबार नै सम्पन्न अर्को खेलमा खुमलटार एफसीले हिमालयन शेर्पा क्लबलाई २-१ गोलअन्तरले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell