PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

‘उज्यालो बन्दीपुर’ कार्यक्रमले पर्यटकलाई तान्ला बन्दीपुरमा?



रासस

‘उज्यालो बन्दीपुर’ कार्यक्रमले पर्यटकलाई तान्ला बन्दीपुरमा?

तनहुँ : तनहुँको बन्दीपुरमा पर्यटन प्रवर्द्धन गर्नका लागि ‘उज्यालो बन्दीपुर’ कार्यक्रम सुरु गरिएको छ। उक्त कार्यक्रमअन्तर्गत बन्दीपुरका सबै सडकमा बत्ती जडान गरी उज्यालो बनाउन लागिएको छ।

ठाउँ-ठाउँमा पोल गाडेर बत्ती जडान गर्नुका साथै आकर्षक ढुङ्गा बिछ्याउन थालिएको छ। बिजुलीको तार जमिनमुनि गाड्ने व्यवस्था गरी ढुङ्गा छापेर आकर्षक बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए। बन्दीपुरको बजार क्षेत्रमा रोटरी क्लबले यसअघि सडकमा सत्र बत्ती जडान गरेको थियो।

उनले भने, ‘यस वर्ष पर्यटन शाखामार्फत २० लाख विनियोजन गरी अन्य स्थानमा बत्ती जडान गर्न लागेका छौँ।’

त्यसैगरी, बन्दीपुरमा रहेका पर्यटकीय क्षेत्रको जानकारी दिने उद्देश्यले ‘क्यूआर कोड’को व्यवस्था गरिएको छ। मुख्य बजारमा ‘क्यूआर कोड’ राखिसकिएको छ भने अन्य १५ स्थानमा राख्ने तयारी भइरहेको छ।

त्यसैगरी, पर्यटकीय क्षेत्र बन्दीपुर-३ रामकोटमा यसै वर्ष ढुङ्गा बिछ्याउन थालिएको छ। उक्त कार्यका लागि आठ लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी, आगामी वर्ष बन्दीपुर-५ र ६ का पर्यटकीय क्षेत्र धरमपानी, कल्लेरी, माझथर, कोरिसालगायत स्थानमा ढुङ्गा बिछ्याउने योजना रहेको गाउँपालिकाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell