PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

काठमाडौंबाट दिल्ली उड्न लागेका अमेरिकी नागरिकको झोलामा भेटियो प्रतिबन्धित भारतीय रुपैयाँ



पहिलोपोस्ट

काठमाडौंबाट दिल्ली उड्न लागेका अमेरिकी नागरिकको झोलामा भेटियो प्रतिबन्धित भारतीय रुपैयाँ

काठमाडौं : प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जना अमेरिकी नागरिक पक्राउ परेका छन्।

भारतीय रूपैयाँ ३ लाख ३५ हजारसहित २ जना अमेरिकी नागरिकलाई सोमवार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा ६९ वर्षीय र ५९ वर्षीय अमेरिकी नागरिक रहेका छन्।

भिस्तारा एयरको उडानबाट काठमाडौंबाट दिल्ली प्रस्थान गर्न लागेका उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ एरियाको एक्स-रे मेसिनमा जाँच गर्ने क्रममा झोलामा रकम भेटिएको प्रहरीले जानकरी दिएको छ।

उनीहरुले बोक्ने एउटा झोलाभित्र भारतीय ५ सय दरको ३ सय थान र अर्को झोलाबाट ५ सय दरको ३ सय ७० थान भारतीय रूपैयाँ फेला पारेको हो।

घटना अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell