PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पृथ्वीबहादुर शाहको खातामा रहेको २० करोड रुपैयाँ भन्दाबढी रकम बैंकमै 'होल्ड', काठमाडौंसँगै अन्य जिल्लामा जग्गा



पहिलोपोस्ट

पृथ्वीबहादुर शाहको खातामा रहेको २० करोड रुपैयाँ भन्दाबढी रकम बैंकमै 'होल्ड', काठमाडौंसँगै अन्य जिल्लामा जग्गा

काठमाडौं : शंकास्पद धन नेपाल भित्राएको आरोपमा पक्राउ परेका पृथ्वीबहादुर शाह र उनका भाइलाई थुनामा राख्न अदालतले आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंले सोमवार उनीहरुलाई थुनामा पठाउन आदेश दिएको हो।

उनले करोडौं रुपैयाँ अमेरिकाबाट ठगी गरेर नेपाल ल्याएको खुलेको छ। त्यस्तै केही रकम अझैं पनि बैंकमा 'होल्ड' राखिएको छ। पृथ्वीबहादुरको  व्यक्तिगत खातामा रहेको १५ लाख ६० हजार ५७७ अमेरिकि डलर 'होल्ड' भएको छ। जसको आजको दरमा नेपाली रुपैयाँ २० करोड बराबर हुन आउँछ। त्यस्तै १४ लाख ५८ हजार अमेरिकी डरल संस्थाको नामा 'होल्ड' भएको छ।

प्रहरीले शाह र उनको समूहविरुद्ध ठगी, लिखतसम्बन्धी कसूर र सहकारी ठगी र संगठित अपराधमा मुद्दा चलाएको छ।प्रहरीले शाहसँगै २० जनालाई प्रतिवादी बनाएको छ। अनुसन्धानका क्रममा ७ जना पक्राउ परेका छन् भने १३ जनाको खोजी भइरहेको छ। अभियुक्त मनिला तामाङ भने ५० हजार धरौटीमा रिहा भएकी छिन्।

पृथ्वी बहादुर शाहको व्यक्तिगत खातमा रहेको रकम ग्लोबल बैंक, सिदार्थ बैक,एनएमबी बैंक, प्रभु बैंक, एनसीसी बैंकमा जम्मा भएको देखिएको छ।शाहले ५६ जना अमेरिकी नागरिकसँग ठगी गरेको खुलेको थियो। उनीविरुद्ध प्रहरीमा २४ जनाले उजुरी दिएका थिए। २४ जनासँग उनले २८ लाख ९२ हजार ३९० अमेरिकी डलर ठगी गरेको प्रहरीले जनाएको छ।शाहले ठगी गरि 'स्विफ्ट' मार्फत अमेरिकी डलर, ब्रिटिश पाउन्ड र क्यानेडियन डलर नेपालमा पठाएको देखिएको छ। उनले सो रकम नेपालका विभिन्न बैंकमा 'डिपोजिट' गरेका थिए।

बैंकले उनको १५ लाख ६० हजार ५७७ अमेरिकी डलर 'होल्ड' मा राखेको छ। उनको खातामा ३६ करोड, ८६ लाख ६२ हजार १३६ नेपाली रुपैयाँ देखिएको छउनको ठगीमा पर्ने सबैजना अमेरिकी नागरिक रहेको प्रहरीले जनाएको छ। शाहले गैरकानुनी रुपमा रकम नेपाल भित्राएर विभिन्न कारोबार गर्ने गरेको प्रहरीले जनाएको छ। ठगी गरि ल्याइएको रकमबाट उनले नेपालमा नक्कली कम्पनी खडा गरेको प्रहरीले जनाएको छ। उनले सो रकम घरजग्गा किन्न, सुन किन्न र बीमामा समेत लगानी गरेको खुलेको छ।

प्रहरीको बयानमा पृथ्वी शाहले काठमाडौं उपत्यकादेखि देशका विभिन्न जिल्लामा जग्गा जमिन भएको बताएका छन्।

ललितपुर वडा नम्बर १ स सुनाकोठीमा कित्ता नम्बर ९९५ मा ५०८.७४ वर्ग मिटर, बांके शेम्शरगन्ज वडा नम्बर ३ मा कित्ता नम्बर ४९३ मा क्षेत्रफल ३३८.६३ वर्ग मिटर, कित्ता नं. ४९२ मा क्षेत्रफल ३३८.६३ वर्ग मिटर, कित्ता नं. ४९१मा क्षेत्रफल ३३८.६३ वर्ग मिटर, काठमाडौ महानगरपालिका वडा नम्बर ७ मा कित्ता नम्बर २२६ क्षेत्रफल ११९.२२ वर्ग मिटर, काठमाडौ कित्ता नम्बर २२४ क्षेत्रफल २३.८५ वर्ग मिटर, बांके जिल्ला नेपालगन्ज वडा नम्बर १२ मा कित्ता नम्बर ८४ क्षेत्रफल ३२५.०० वर्ग मिटर जग्गा रहेको उनले दाबी गरका थिए। त्यस्तै  भाई बिजय बिक्रम शाहको नाममा काठमाडौ महानगरपालिका वडा नम्बर ७ मा कित्ता नं. २३२ क्षेत्रफल १९०.७४ वर्ग मिटर, कैलाली टिकापुर नगरपालिका वडा नम्बर ९ मा कित्ता नम्बर १५३५ क्षेत्रफल ६७७.२६ वर्ग मिटर र बुवा देवन्द्र बहादुर शाहको नाममा कैलाली धनगढी नगरपालिका वडा नम्बर ०३मा कित्ता नम्बर २०२१क्षेत्रफल १६९.३२वर्ग मिटर, कैलाली धनगढी नगरपालिका वडा नम्बर ३ मा कित्ता नं. १०२२ क्षेत्रफल ३३८.६३ वर्ग मिटर रहेको छ।

त्यस्तै  बाजेको पहलमान शाहको नाममा जिल्ला अछाम, साविक दर्ना गाविस वडा नं २हाल परिवर्तित वान्नीगढी जयगढ गाउँपालिका वडा नं ६ अ. १०० रोपनी जग्गा रहेको छ, सोही जग्गामा कच्ची घर रहेको खुलेको छ।

उनले शेयरमा समेत लगानी गरेका छन्। प्रभु क्यापिटल, समेरु सेक्युरिटी प्रा. लि.,कोईनुर सेक्युरिटी प्रा.लि. समेतमा उनको डिम्याट अकाउन्ट रहेको छ। अन्दाजी ३० लाख जतिको शेयर लगानी रहेको उनले बयानमा बताएका छन्।

त्यस्तै ६० तोला जति सुन गोल्ड लोन  नेपाल बैक लि. कुपन्डोल शाखामा रहेको बताएका थिए। उनले दाबी गरेको सम्पतीमा थपघट हुने हुँदा यसमा स्वतन्त्र रुपमा सम्बन्धि निकायबाट अनुसन्धान पनि भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell