PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाई



पहिलोपोस्ट

राष्ट्रपति पौडेललाई जापानी प्रधानमन्त्री किशिदाको बधाई

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेललाई जापानका प्रधानमन्त्री किशिदा फुमियोले बधाई ज्ञापन गरेका छन्। राष्ट्रपति पौडेलले सोमबार पदभार ग्रहण गरेसँगै प्रधानमन्त्री किशिदाले आज औपचारिक पत्रमार्फत उनलाई बधाई ज्ञापन गरेका हुन्। 

काठमाडौंस्थित जापानी राजदूतावासका अनुसार पत्रमा किशिदाले राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालको सामाजिक र आर्थिक विकासका लागि द्विपक्षीय सम्बन्ध र मित्र प्रवर्द्धन हुनेमा विश्वास व्यक्त गरेका छन्।

यस्तै, जापान सरकार नेपाल सरकारसँग थप काम गर्न तत्पर रहेको प्रधानमन्त्री किशिदाले उल्लेख गरेका छन्। 

पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell