PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षीको बधाई सन्देश, 'मिलेर बीआरआई अगाडि बढाऔं'



पहिलोपोस्ट

राष्ट्रपति पौडेललाई चिनियाँ समकक्षीको बधाई सन्देश, 'मिलेर बीआरआई अगाडि बढाऔं'

सांघाई : चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालका राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई सन्देश पठाएका छन्। सोमवार मात्र राष्ट्रपतिको कार्यभार सम्हालेका पौडेललाई सिले बधाई ज्ञापन गरेका हुन्। 

सन्देशमा राष्ट्रपति सीले चीन र नेपाल हिमाल र नदीले जोडिएका मित्रवत छिमेकी भएको र सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको सम्बन्धले स्वस्थ र स्थिर विकास कायम गर्दै ठूला र साना देशबीच शान्तिपूर्ण सहअस्तित्व, मित्रता र पारस्परिक सहयोगको राम्रो उदाहरण प्रस्तुत गरेको उल्लेख गरेका छन्।

चिनियाँ राष्ट्रपति सीले चीन-नेपाल सम्बन्धको विकासलाई आफूले निकै महत्व दिएको सन्देशमा बताएका छन्। उनले दुई देशबीचको परम्परागत मित्रतालाई अगाडि बढाउन, पारस्परिक राजनीतिक विश्वासलाई मजबुत बनाउन, उच्चस्तरीय बेल्ट एण्ड रोड सहयोगलाई अगाडि बढाउन पौडेलसँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन्। 

साथै, सांस्कृतिक तथा जनस्तरको आदानप्रदान विस्तार गर्न र विकास र समृद्धिका लागि चिरस्थायी मित्रतासहितको सहयोगको रणनीतिक साझेदारीलाई निरन्तर प्रवद्धन गर्न पौडेलसँग मिलेर काम गर्न इच्छुक रहेको पनि उनले बताएका छन्।

चिनियाँ राष्ट्रिय जनकंग्रेस (एनपीसी)को पहिलो अधिवेशनबाट शुक्रवार मात्र सि चीनको राष्ट्रपतिमा तेस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell