सांघाई : चिनियाँ राष्ट्रपति सि चिनफिङले विश्वका राजनीतिक दलहरुको उच्चस्तरी बैठकलाई सम्बोधन गर्ने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका महाचसिवसमेत रहेका उनले बुधबार बेइजिङमा हुने विश्व राजनीतिक दलको उच्चस्तरीय बैठकको उद्घाटन गर्ने छन्।
चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका प्रवक्ता हु झाओमिङले भिडियो लिंकमार्फत हुने बैठकमा चिनियाँ राष्ट्रपति सीले मुख्य भाषण दिने जानकारी दिएका छन्।
'आधुनिकीकरणतर्फको बाटो : राजनीतिक दलहरूको जिम्मेवारी' भन्ने मूल नाराका साथ आयोजना हुने उक्त बैठकमा विभिन्न मुलुकका राजनीतिक दल र राजनीतिक सङ्गठनका नेता सहभागी हुने हुले बताए ।
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले चिनियाँ जनतालाई आधुनिकीकरणको चिनियाँ मार्गलाई अगाडि बढाएर राष्ट्रिय पुनरुत्थानको अनुभूति गर्न नेतृत्व गर्ने र मानवजातिको साझा भविष्यसहितको समुदाय निर्माण गर्न र मानव प्रगतिको नयाँ रूप सिर्जना गर्न अन्य देशहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
अन्तरपार्टी मित्रता अभिवृद्धि गरl राज्य-राज्यबीचको सम्बन्धलाई सहज तुल्याउन सिले हालैका वर्षहरूमा विदेशी राजनीतिक दलका नेताहरूसँग विभिन्न प्रकारका छलफल गर्दै आएका छन्।
चीनले सन् २०१७ को डिसेम्बरमा बेइजिङमा पहिलोपटक विश्व राजनीतिक दलसँगको उच्चस्तरीय बैठक आयोजना गरेको थियो। सो बैठकमा सीपीसीसहित विश्वका १२० भन्दा बढी देशका करिब ३०० राजनीतिक दल तथा राजनीतिक सङ्गठनहरूको सहभागिता थियो।
जुलाई २०२१ मा सीपीसी र विश्व राजनीतिक पार्टीहरूको शिखर सम्मेलन भिडियो लिंक मार्फत भएको थियो। सो सम्मेलनमा सम्मेलनमा १६० भन्दा बढी देशका ५०० भन्दा बढी राजनीतिक दल र संगठनका नेताहरूको सहभागिता रहेको थियो ।