PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

कांग्रेस लुम्बिनी संसदीय दलको सचेतकमा निमा गिरी



पहिलोपोस्ट

कांग्रेस लुम्बिनी संसदीय दलको सचेतकमा निमा गिरी

बुटवल : नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलको सचेतकमा निमा गिरी नियुक्त भएकी छिन्।

प्रदेशसभा सदस्य गिरीलाई सचेतकमा नियुक्त गरिएको संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले जानकारी दिए।

प्युठानको झिमरुक गाउँपालिका-७ तुसारा निवासी गिरी समानुपातिकबाट सांसद बनेकी हुन्। लुम्बिनी प्रदेशसभामा नेपाली कांग्रेसका प्रत्यक्षमा १७ र समानुपातिकमा १० गरी २७ जना सांसद रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell