PahiloPost

Dec 27, 2025 | १२ पुष २०८२

यातायातको ७० करोड राजस्व हिनामिना गर्ने चार उपसचिवसहित ११ कर्मचारी भ्रष्टाचारी ठहर 



पहिलोपोस्ट

यातायातको ७० करोड राजस्व हिनामिना गर्ने चार उपसचिवसहित ११ कर्मचारी भ्रष्टाचारी ठहर 

काठमाडौंः विशेष अदालतले यातायात कार्यालय इटहरी कोशीका ११ कर्मचारीलाई राजस्व हिनामिनामा भ्रष्टचारी ठहर गरेको छ। अदालतले मंगलबार उनीहरुको कसुर ठहर गरेको प्रवक्ता दिपेन्द्रनाथ योगीले जानकारी दिए। 

एकै प्रकरणका फरक फरक दुई मुद्दामा अदालतले चार उपसचिवसहित ११ जनालाई भ्रष्टाचारी ठहर गरेको हो। 

न्यायाधीश श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले अब चैत ८ गते सजाय निर्धारण गर्नेछ। 

अदालतले कार्यालयका तत्कालीन उपसचिव रमेशप्रसाद दाहाल, विष्णुप्रसाद पौडेल, नयराज नेपाल र होमनाथ भट्टराईको कसुर ठहर गरेको हो। 
लेखा अधिकृत कुमारबहादुर कटुवाल, टिकराम अधिकारी पनि भ्रष्टाचारी ठहर भएका छन्। 

अदालतले लेखापाल सुरेश अधिकारी, देवराज नेपाल, रुद्रप्रसाद दाहाल, मणिराज दाहाल र सह-लेखापाल टंकबहादुर खड्कालाई पनि कसुरदार ठहर गरेको छ। 

अख्तियारले पहिलो मुद्दामा ६१ करोड २१ लाख तथा दोस्रोमा ८ करोड ९६ लाख रुपैयाँ बिगो कायम गरेको छ। 

तीन वर्षभन्दा बढी कैद सजाय मागदाबी भएकाले अदालतले चैत ८ गतेमात्र सजाय निर्धारण गर्ने छ। कसुर ठहर गर्ने इजलासबाटै सजाय निर्धारण हुने छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell