PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

लिगको चौथो खेलमा साविक विजेता मछिन्द्रको पहिलो जित, पुलिसको चौथो हार



पहिलोपोस्ट

लिगको चौथो खेलमा साविक विजेता मछिन्द्रको पहिलो जित, पुलिसको चौथो हार
Photo: MML

काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न अन्तिम खेलमा मछिन्द्र क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले नेपाल पुलिस क्लबमाथि २-१ गोलअन्तरको पुनरागमन जित निकालेको हो।

खेलमा अग्रता भने पुलिसले बनाएको थियो। खेलको ९ औँ मिनेटमा अन्जन राईले पुलिसलाई अग्रता दिलाएका थिए। तर, २० औँ मिनेटमा पुलिसका डिफेन्डरले गोल क्लियर गर्न नसकिरहेको अवस्थामा अफीज गोल गर्न सफल भए। त्यस्तै दोस्रो गोल ४० औँ मिनेटमा अफीजले नै गरे।

यसअघिका दुईवटा लिगको च्याम्पियन मछिन्द्रको जारी लिगमा मछिन्द्रको यो पहिलो जित हो। यसअघि मछिन्द्रले एक बराबरी खेल्दा दुई पराजय ब्यहोरिसकेको छ। मछिन्द्रले यो सँगै ४ खेलबाट ४ अंक जोडेको छ।

आजै सम्पन्न अन्य खेलहरुमा चर्च ब्वाइज र संकटा गोलरहित बराबरीमा रोकिँदा फ्रेन्ड्स क्लबले जावलाखेल युथ क्लबलाई २-१ गोलअन्तरले हराएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell