PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

जसपाका पूर्व जिल्ला अध्यक्ष पटेल पक्राउ



पहिलोपोस्ट

जसपाका पूर्व जिल्ला अध्यक्ष पटेल पक्राउ

वीरगंजः जनता समाजवादी पार्टी नेपाल (जसपा) बारा जिल्ला कार्य समितिका पूर्व अध्यक्ष पक्राउ परेका छन्। पूर्व अध्यक्ष अजय पटेल कीर्ते आरोपमा पक्राउ परेका हुन्।

परवानीपुर गाउँपालिका ५ बहुअरी निवासी ४५ वर्षीय पटेलले मोही नभएको जग्गामा मोही छ भन्नी कीर्ते गरेको आरोप लागेको थियो।

आरोपमाठ्ठि छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरेको बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।

पटेललाई हेटौंडा गइरहेको बेला सोमबार अपराह्न ३ बजे सिमरा चोकबाट प्रहरीले नियन्त्रणमा लिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell