PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

विराट गोल्डकपमा आईलिग देखि ए डिभिजन लिगका क्लबले सहभागिता जनाउने, कुनकुन टोली खेल्दैछन्?



पहिलोपोस्ट

विराट गोल्डकपमा आईलिग देखि ए डिभिजन लिगका क्लबले सहभागिता जनाउने, कुनकुन टोली खेल्दैछन्?

विराटनगर: मोफसलको फुटबल प्रतियोगिता विराट गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने सात टोलीको टुंगो लागेको छ। शहीद रंगशाला विराटनगरमा आयोजना हुने प्रतियोगितामा नेपाली र विदेशी टोलीको पनि सहभागीता रहने आयोजकले जनाएको छ।

चैत ९ गतेदेखि १७ गतेसम्म आयोजना हुने विराट गोल्डकपका लागि भारतबाट २ वटा टिम आउने पक्का भएको गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले जानकारी दिए।

भारतमा जारी आई लिगको दोस्रो डिभिजन खेलिरहेको दिल्ली एफसी र केरलामा रहेको लुका सकर क्लब आउने आयोजकले जनाएको छ। यसैगरी नेपालका ३ वटा विभागीय क्लब एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिसका साथै घरेलु टोलीको रुपमा विराटनगर सिटी फुटबल क्लबले सहभागीता जनाउने छ। विभागीय क्लबबाहेक ए डिभिजन खेलिरहेका संकटा क्लब र जावलाखेल युथ क्लबले पनि प्रतियोगितामा सहभागिता जनाउने छन्।

अघिल्लो संस्करणको उपाधि विजेता एपीएफले नगद १५ लाख १५ हजार प्राप्त गरेकोमा यो सिजन पुरस्कार राशीमा बृद्धि गरिने आयोजकले जनाएको छ। यस सिजन विजेताले कम्तिमा २० लाख र उप विजेताले १० लाख नगद पुरस्कार प्राप्त गर्ने कोइरालाले जनाए। यसैगरी प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। खेलहरु रातिको समयमा फर्ड लाइटमा सञ्चालन हुने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell