PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

हल्याण्डको ह्याट्रिक सहित ५ गोल: म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा



पहिलोपोस्ट

हल्याण्डको ह्याट्रिक सहित ५ गोल: म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा
Photo: Reuters

यूएईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लाइपजिगलाई हराएको छ। इतिहाद स्टेडियममा सम्पन्न अन्तिम १६ को दोस्रो लेगको खेलमा घरेलु टोली सिटीले ७-० गोलको फराकिलो जित निकालेको हो। योसँगै समग्रमा ८-१ को सानदार जितसहित सिटी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पहिलो लेगको खेलमा सिटी र लाइपजिग १-१ को बराबरीमा रोकिएका थिए।

गएराति सम्पन्न खेलमा सिटीलाई फराकिलो जित दिलाउन अर्लिङ हल्याण्डले महत्वपूर्ण पाँच गोल गरे। योसँगै हल्याण्ड युरोपको शीर्ष प्रतियोगितामा ३० गोल सबैभन्दा चाँडो पुरा गर्ने र सबै भन्दा कम उमेरका खेलाडी बने।

२२ वर्षे नर्वेजियन खेलाडी हल्याण्डले जारी सिजन सबै खेलमा गरी ३९ गोल गरिसकेका छन्।

लाइपजिग विरुद्धको खेलमा २२ औँ मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै हल्याण्डले गोलको खाता खोलेका थिए। त्यस्तै २४ औँ मिनेटमा केभिन डी ब्रुइनाको प्रहार गोल पोस्टमा रिबाउन्ड भएर फर्कँदा हल्याण्डले हेडरमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए। तेस्रो गोल पहिलो हाफको इन्ज्युरी समय थप्दै हल्याण्डले ह्याट्रिक पुरा गरे। पहिलो हाफमा सिटी ३-० गोलअन्तरले अघि रह्यो।

दोस्रो हाफमा कप्तान इल्के गुण्डोगनले सिटीको गोल थपे। उनले ४९ औँ मिनेटमा सिटीको चौथो गोल गरे। पाँचौँ गोल ५३ औँ मिनेटमा हल्याण्डले नै गर्दै ब्यक्तिगत चौथो गोल गरे। त्यस्तै छैटौँ गोल पनि हल्याण्डले नै ५७ औँ मिनेटमा गर्दा सातौँ गोल रियाद महरजेको पासमा इन्ज्युरी समयमा केभिन डी ब्रुइनाले गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell