PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

गाडीको ठक्करबाट हेटौंडामा एक महिलाको मृत्यु



रासस

गाडीको ठक्करबाट हेटौंडामा एक महिलाको मृत्यु

मकवानपुर : पूर्व-पश्चिम सडकखण्डअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका-११ थानाभर्‍याङमा आज बिहान गाडीको ठक्करबाट एक महिलाको मृत्यु भएको छ।

नवलपुरतर्फबाट हेटौंडातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१च ६९४३ नम्बरको गाडीले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको हो। उनको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

गाडीको ठक्करबाट गम्भीर घाइते भएकी महिलालाई उपचारका लागि हेटौंडा अस्पतालमा ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए। महिलाको शव हाल हेटौंडा अस्पतालमा राखिएको छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell