PahiloPost

Jan 20, 2025 | ७ माघ २०८१

सबै सरकारी गाडीमा फागुनसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्ने घोषणा असफल



पहिलोपोस्ट

सबै सरकारी गाडीमा फागुनसम्म इम्बोस्ड नम्बर प्लेट जडान गर्ने घोषणा असफल

काठमाडौं : फागुनसम्म सबै सरकारी गाडीमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने यातायात व्यवस्था विभागको घोषणा असफल भएको छ।

विभागले गत मंसिरमा नै सूचना जारी गरेर फागुनसम्म सबै सरकारी गाडीमा इम्बोस्ड जडान गर्ने घोषणा गरेको थियो। तर जम्मा ८ हजार सरकारी गाडीमा मात्रै इम्बोस्ड प्लेट जडान भएका छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको कात्तिक २८ गतेको बैठकले संचालन रहेका सबै सरकारी स्वामित्वका सवारीसाधनमा फागुनसम्म इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने निर्णय गरेको थियो।

त्यसपछि आम नागरिकलाई इम्बोस्ड नम्बर प्लेट जडान गर्न अनिवार्य गर्ने योजना विभागको रहेको थियो। सरकारी गाडीले अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसुची २ अनुसार निर्णय भएको थियो।

विभागका अनुसार ठेक्का भएदेखि अहिलेसम्म ६ वर्षको अवधिमा कुल ४२ हजार ८ सय ७३ सवारी साधनमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान भएको छ।

विभागका कर्मचारीका अनुसार फागुनसम्म लगभग ८ हजार सरकारी सवारीसाधानमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ। वाग्मतीमा ७ हजार ११७, गण्डकीमा ३९६ र लुम्बिनी प्रदेशमा सरकारी सवारीतर्फ २३८ सवारीमा मात्र जडान गरिएको छ। हाल वाग्मतीमा, गण्डकी र लुम्बिनी प्रदेशमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ।

सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान नभएको विभागका निर्देशक इन्जिनियर रामचन्द्र पौडेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell