PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

मकवानपुरको तीन वटा लघु वित्तीय संस्थामा नेकपा बहुमतको तालाबन्दी



पहिलोपोस्ट

मकवानपुरको तीन वटा लघु वित्तीय संस्थामा नेकपा बहुमतको तालाबन्दी

काठमाडौं : धर्मेन्द्र बास्तोलाको नेतृत्वमा रहेको माओवादी धारको नेकपा बहुमतले मकवानपुरको तीन वटा लघु वित्तीय संस्थामा पार्टीको झण्डा गाड्दै तालाबन्दी गरेको छ।

बुधबार बिहान १० बजे जिल्लाको हेटौंडा उपमहानगरपालिका भित्रका २ वटा र बागमती गाउँपालिकामा रहेको एक वटा लघु वित्तीय संस्थामा नेकपा बहुमत मकवानपुरले तालाबन्दी गरेको हो।

लुघवित्तले सर्वसाधारणहरुलाई चर्को व्याजदरमा ऋण दिएर मानसिक तनाव र दुःख दिएको भन्दै वित्तीय संस्थालाई चेतावनी स्वरुपमा पहिलो चरणमा तालाबन्दी कार्यक्रम गरेको नेकपा बहुमतका एक जिल्ला नेताले जानकारी दिए। उनका अनुसार हेटौंडा-४ स्थित छिमेक लघुवित्त वित्तीय संस्था, नेरुडे लघु वित्तीय संस्था र बागमती-७ स्थित जीवन विकास लघुवित्तमा तालाबन्दी गरिएको हो ।

चर्को व्याजदरमा ऋण दिएर मानसिक तनाव दिने लघु वित्तविरुद्ध देशव्यापी अभियान स्वरुपको तालाबन्दी कार्यक्रम अघि बढेको उनले बताए। लघुवित्तहरुले सर्वसाधरण जनतामाथि ज्यादती गरेको भन्दै चर्को व्याजदरमा ऋण दिएर दुःख दिने लघुवित्तको सूची संकलन भइरहेको र त्यस विरुद्ध गरिने संघर्षका कार्यक्रमको तयारी समेत भइरहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell