PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक



पहिलोपोस्ट

जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ।

विधान मस्यौदालगायत समानुपातिक सांसदबारे निर्णय गर्न भोलि बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए।

जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभातर्फको एक स्थान रिक्त छ। बैठक पार्टी कार्यालयमा बस्नेछ।

बैठकमा उपराष्ट्रपति निर्वाचनबारे पनि छलफल हुनेछन।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell