PahiloPost

Jul 27, 2026 | ११ साउन २०८३

लामाको गोलमा एपीएफको जित, आर्मीको पहिलो हार



पहिलोपोस्ट

लामाको गोलमा एपीएफको जित, आर्मीको पहिलो हार
Photo: ANFA

काठमाडौँ: शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा त्रिभुवन आर्मी फुटबल क्लब पराजित भएको छ। च्यासल मैदानमा सम्पन्न खेलमा एपीएफले आर्मिमाथि १-० गोलको जित निकालेको हो।

एपीएफको जितमा मणीकुमार लामाले निर्णायक गोल गरे। उनले खेलको ३७ औँ मिनेटमा गोल गरेका थिए। त्यसबाहेक दुबै टोलीले खेलका क्रममा पटकपटक अवसरहरु बनाएर पनि गोल भने गर्न सकेनन्।

आर्मीको जारी सिजन यो पहिलो हार हो। आर्मी यसअघि १ जित र २ बराबरी खेल्दै ५ अंक जोडेको छ। अर्कोतर्फ दोस्रो लिगमा दोस्रो जित निकालेको एपीएफले ७ अंक जोडेको छ। यसअघिका तीन खेलमा एपीएफले एक बराबरी खेल्दा एक जित र एक पराजय ब्यहोरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell