काठमाडौंः मौन अवधिको उल्लङ्घन गर्दै सत्ता गठबन्धनका उम्मेदवारलाई मत दिने निर्णय सार्वजनिक गरेकोमा राष्ट्रपति÷उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले नेपाली कांग्रेसलाई स्पष्टीकरण सोधेको छ। नेकपा एमालेका सांसद प्रेमबहादुर महर्जनको उजुरीका आधारमा कार्यालयले कांग्रेस केन्द्रीय कार्यालय सानेपासँग जवाफ माग गरेको हो।
मौन अवधि प्रारम्भ भएपछि कांग्रेसले गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार रामसहायप्रसाद यादवलाई मत दिने निर्णय गरेको थियो। निर्णयपछि महर्जनले उजुरी गरेका थिए।